काठमाण्डौं ३, फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्च¥याली गर्दै हिँडेको टिप्पणी गर्नुभएको छ । आज गृहजिल्ला चितवन पुग्नुभएका उहाँले जमिन बाँड्ने जस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताउनुभयो ।
उहाँले पञ्च¥याली जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिला पहिला राजा महाराजाले जे गर्थे त्यही गर्नुभएको छ प्रचण्डले भन्नुभयो । संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले प्रधानमन्त्रीले प्रतिगमनको बाटो पक्डिएदेखि नै हारिसकेको टिप्पणी गर्नुभयो ।
‘जतिबेला प्रतिगमनको बाटो पक्डिनुभयो, प्रतिक्रान्तिको बाटो पक्डिनुभयो, उहाँ हारिसक्नुभएको छ, उहाँले मतमा पनि हार्नुहुन्छ, प्रचण्डले दाबी गर्नुभयो ।