गोरखा ३०, असोज । गोरखामा एक जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर – २ कि वडासदस्य सकुन मगरलाई संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्यमा समस्या आएपछी काठमाडौको उपचारका लागि पुग्नु भएकी उहाँको स्टार हस्पिटलमा कोरोना परिक्षण भएको थियो । बिहिबार सामाजिक सन्जालमा वडा सदस्य मगरले आफुमा संक्रमणको पुष्टि भएको भन्दै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन अपिल समेत गर्नु भएको छ ।
`मेरो पिसिआर रिपोर्ट पोजेटिभ आएको छ मेरो सम्पर्कमा आउनुभएका मेरा मित्रजनहरुलाई सचेत र सतर्कता अपनाउन हुन अनुरोध गर्दछु´ फेसबुक मार्फत उहाले भन्नू भएको छ´` साथै सहिद लखन गाउँपालिका स्थानीय सरकारलाई छिटोभन्दा छिटो कन्ट्रयाक्ट ट्रेसिङको ब्यवस्था मिलाउनु आग्रह गर्दछु ।´ उहाँ शहिद लखन गाउँकार्यपालिकाको सदस्य समेत हुनुहुन्छ ।