गोरखा २८, असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता धिरज उपरकोटीले ससस्त्र प्रहरी कार्यालय गोरखालाई ल्यापटप लगायतका उपकरण प्रदान गर्नुभएको छ । उहाँले बुधबार सशस्त्र प्रहरी बल नेपालगण,२९ गुल्म हे.क्वा गोरखाका कार्यालय प्रमुख ससस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र अधिकारीलाई व्यक्तिगत तर्फबाट एक थान ल्यापटप, प्रोजेक्टर लगायतका सामाग्री उपलब्ध गराउनु भएको हो ।

‘कार्यालयमा प्रबिधियुक्त कार्यक्रम गर्नका लागि उक्त सामाग्रीको अभाव भएको भन्ने जानकारी आएको थियो, युवा नेता उपरकोटीले भन्नुभयो, मैले आफ्नो तर्फबाट सकेको सहयोग उपलब्ध गराएका हो ।’ ति सामाग्रीको अभाव हुदा कार्यालयलाई बिपतका योजना निर्माणको प्रस्तुतीकरण, कार्यालयले गरेका कार्य लगायत बिषयमा जानकारी तथा प्रशिक्षण कार्यक्रम सञ्चालनमा पनि समस्या हुदै आएको थियो ।

प्राप्त सहयोग सामाग्रीले कार्यालयलाई अब प्रबिधिको प्रयोग गरि कार्यक्रम सञ्चालन गर्न सजिलो हुने कार्यालय प्रमुख डिएसपी अधिकारीले बताउनुभयो । बन तथा बातावरण मन्त्रीका स्वकिय सचिव समेत रहनु भएका युवा नेता उपरकोटीले पछिल्लो समय सामाजिक सेवामा समेत क्रियाशिल हुनुहुन्छ । उहाँले कोरोना भाइरस कोभिड १९ को माहामारीका बेला देशभर लकडाउन घोषणा भएका बेला दैनिक गुजारा चलाउन समस्या भएका नागरिकहरुलाई खाद्यान्य उपलब्ध गराउन समेत भूमिका खेल्नु भएको थियो ।