गोरखा २८, असोज । जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लामा कोरोना संक्रमण झनै तिब्र गतिमा देखिन थालेको भन्दै स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न अपिल गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नेपालीहरुको चाडबाड नजिकिदै गइरहेका बेला ठुलो संख्यामा मानिसहरुको आवतजावत हुने भएकोले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न सवैलाई आग्रह गरेको छ ।
कार्यालयले जारी गरेको सूचनामा कुनै संक्रमितमा लक्षण देखिएमा अस्पतालमा सम्र्पक राखी स्वास्थ्यकर्मीको सल्लाह अनुसार बस्न तथा स्वाब संकलन गरि पठाइएको व्यक्तिकोे रिर्पोट नआउदासम्म जथाभावी हिडडुल नगर्न भनिएको छ । त्यस्तै लक्षण नभएका संक्रमितहरु अस्पतालमा नगएको अबस्थामा घरकै आइसोलेसनमा स्वास्थ्य मापदण्डको पालना गरि सम्बन्धित पालिकाले तय गरेको नीति नियम भित्र रहन पनि प्रसासनले आग्रह गरेको छ ।
सूचनामा नजिकिदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुमा हुने नित्य पुजापाठ गनुपर्ने बाहेकका मानिसहरु भेला जम्मा हुने गरी कुनै पनि उत्सव, कार्यक्रम, भजन, शुभ कामना आदान प्रदान, खेलकुद प्रतियोगिता जस्ता कार्यक्रम तथा क्रियाकलाप नगर्न नगराउन भनिएको छ । प्रसासनको आग्रहलाई अटेर गरि निषेध गरिएका कार्य गरे गराइएको पाईएमा संक्रमण रोग ऐन, २०२० अनुसार कारवाही हुने समेत जानकारी गराएको छ ।