Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकी गाउँपालिकाको केन्द्र बिबाद मुख्यमन्त्री कार्यालयमा, सहमतीबाट हल गर्न मुख्यमन्त्रीको सुझाव


3.7K
Shares

गण्डकी गाउँपालिकाको केन्द्र बिबाद मुख्यमन्त्री कार्यालयमा, सहमतीबाट हल गर्न मुख्यमन्त्रीको सुझाव

गोरखा १२, असोज
गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र विवाद मुख्य मन्त्रिको कार्यालय पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी गाउँपालिकाका इन्चार्ज सहित जनप्रतिनिधिको टोलीले गाउँपालिकामा भएका पछिल्ला क्रियाकलापहरु र जनताको मागका विषय लिएर मुख्य मन्त्रीलाई आइतबार  भेटेका हुन् । भेटमा नेकपा निकटका जनप्रतिनिधिहरुले गाउँपालिकाले अध्यक्षले केन्द्र बिबादलाई गाउँपालिका स्तरीय निर्णयबाट समाधान गर्ने भन्दापनि एकलौटी र मनोमानी ढंगबाट आफु अनुकुल व्यवस्थापन गर्न खोजेको जानकारी गराएका छन् ।

भेटमा गाउँपालिकाको बजेट, प्रशासनिक भवन निर्माण लगायतको समस्याको बारेमा समेत मुख्यमन्त्रीलाई जानकारी गराइएको नेकपा गण्डकी गाउँपालिका इन्चार्ज दिपक तिमिल्सिनाले जानकारी दिनुभयो । ‘गाउँपालिकाको केन्द्रको बिषयमा सहमतीद्धारा अगाडी बढ्ने भन्ने कुराहरुको बारेमा मुख्यमन्त्रीसंग गहन छलफल भयो, उहाँले भन्नुभयो, ‘अहिले भएको केन्द्रहरु जुन बनटार र ओखल डाँडा २ वटैलाई २ तिहाइ बहुमत चाहिने भएकाले अहिले मौजुदा जति छ गण्डकी गाउँपालिका सदस्यहरु दुवै पाटीको दुई तिहाई नहुने स्थितीमा सहमतीद्धारा त्यसको निकास खोज्नु जरुरी छ भन्ने कुराभयो ।’

छलफलमा मुख्यमन्त्री गुरुङले कोरोना संक्रमणको बिचमा बजेटाम रामोसंग छलफल गरेर अघि बढ्नु पर्नेमा सुझाव समेत दिनुभएको उहाँले बताउनुभयो । मुख्यमन्त्री गुरुङले सरकारको काम जनताप्रति उत्तरदायी भएर गतिशिल ढंगले गर्नुसमेत भेटमा सहभागी जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको तिमिल्सनाले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र बिबादका कारण गण्डकी गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट निति तथा कार्यक्रम समेत ल्याउन सकेको छैन । हिजोका लागि बोलाईएको बैठकमा नेकपााबाट निर्वाचित जनप्रतिनिहरुले भाग नलिएपछि पुन स्थागित भएको थियो । बैठक पुनः यहि १३ गतेका लागि बोलाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology