Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

आज देखि पर्सि सम्म भारी वर्षाको सम्भावना, सर्तक रहन मौसमविद्को आग्रह


1.5K
Shares

आज देखि पर्सि सम्म भारी वर्षाको सम्भावना, सर्तक रहन मौसमविद्को आग्रह

गोरखा, १३ साउन । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा आजदेखि तीन दिन ठूलो पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ ।

दिउँसो देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सी वर्षा अझ बढ्ने अनुमान गरिएको छ । कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भइरहेकाले स्थानीय नदीमा बाढी आउन सक्ने भन्दै त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले आफ्नो ट्विटरबाट सूचना जारी गरी कैलालीको टीकापुर, चिसापानीलगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने देखिएकाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदीमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology