Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज मध्यरातबाट लकडाउन पूर्ण रुपमा हट्ने


1.3K
Shares

आज मध्यरातबाट लकडाउन पूर्ण रुपमा हट्ने

काठमाण्डौं ६, साउन । सरकारले (आज) मंगलबार मध्यरातदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले गएको चैत ११ गतेदेखि घोषणा गरेका लकडाउन आज मध्यराती १२ बजेबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।

दैनिक कोरोना संक्रमितको संख्या बिस्तारै घट्न थालेपछि लकडाउन खुकुलो पार्दैै गएकोमा अब पूर्ण रुपमा हटाउने निर्णय सरकारले गरेको हो । स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा लकडाउनको अन्त्य गर्ने निर्णय सरकारले गरेको भएपनि संक्रमणको अबस्थालाई हेरेर भदौपछि थप निर्णय हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology