Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५६ जनामा कोरोना संक्रमण


2.6K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५६ जनामा कोरोना संक्रमण

गोरखा ४, साउन । पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका २७ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा गरिएको ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, वाग्मती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा सङ्क्रमण देखिएको छ ।

अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभरीका क्वारेन्टाइनमा २२ हजार ६ सय ६१ जना रहेका छन् । नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । यस्तै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. गौतमले यो संख्या कूल संक्रमितको ६६ दशमलब २३ प्रतिशत भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology