Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

आइतबार देखि पाँच दिन भारी वर्षाको सम्भावना


1.7K
Shares

आइतबार देखि पाँच दिन भारी वर्षाको सम्भावना

आइतबार(भोली) देखि पाँच दिन देशभर ठूलो वर्षा हुने र वर्षाका कारण बाढी र पहिरोको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विपद् विज्ञहरूले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्यान जोगाउन अपिल गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई भोलीदेखि ५ दिन पाहुना लागेरै भएपनि सुरक्षित स्थानमा गई ज्यान जोगाउन सल्लाह दिनुभएको छ ।

मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त पूर्वानुमानमा यो हप्ता देशैभरी ठूलो वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप हुने देखिएकाले विशेषगरी भोलिदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको अध्यक्षतामा जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, ऊर्जा तथा जलस्रोत विभागसहितले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै आइतबार देखि ८ गतेसम्म ठूलो पानी परेर बाढीपहिरो जानसक्ने भएकाले सबैलाई सतर्क रहन आह्वान गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थान र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology