काठमाण्डौ २३, असार- मन्त्री परिष्दको बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) मा शेलेष थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले २८ औ प्रहरी महानिरीक्षकमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
क्षेत्री हाल प्रहरीको मानव स्रोत तथा प्रशासन विभागका प्रमुख हुनुहुन्छ । बि.स २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका क्षेत्रीले २०७९ बैशाख १८ गतेसम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्नुहुनेछ ।
क्षेत्रीसंगै नयाँ आइजिपीको दौडमा क्षेत्री सहित एआईजी हरिबहादुर पाल पनि रहनु भएको थियो । कार्यसम्पादन मूल्याङक अनुसार क्षेत्री पहिलो र पाल दोस्रो नम्बरमा हुनुहुन्थ्यो ।