Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

काठमाण्डौ छिर्न केही खुकुलो : जान चाहानेले के गर्नुपर्छ, यो हेर्नुहोस् !


1.4K
Shares

काठमाण्डौ छिर्न केही खुकुलो : जान चाहानेले के गर्नुपर्छ, यो हेर्नुहोस् !

काठमाडौं, १५ असार । अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिइने भएको भएको छ । कोरोना भाइरस (कोभिड १९ ) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टाइनमा बस्नेगरी स्थानीय तह र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय सीसीएमसीले गरेको हो । सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ ।

यत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरूका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ । यस्तै, विमानस्थलका कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ । यस्तै, आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाको भिसा सहजीकरणका लागि निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology