बारामा शनिबार देखिएको सलह, तस्वीर : कृषि ज्ञान केन्द्र बारा।
बारा १३, असार । नेपालको सलह किरा प्रवेश गरेको छ । भारतसंग सिमा जोडिएको बारा जिल्ला र आसपासका अन्य जिल्लामा शनिबार सलह किराको समुह देखिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।
‘पर्सा, बारा र सर्लाहीका केही ठाउँमा आज बिहान सलह कीराका समूह देखिएको छ, उहाँले भन्नुभयो, ‘ रूखमा सलह कीरा बसेको देखेपछि किसानहरूले हामीलाई खबर गर्नुभयो, गएर हेर्दा केही समुहहरु देखियो ।’
सलह किरा देखिएपछि कार्यालयले तत्कालै कृषि मन्त्रालयलाई त्यसको जानकारी गराएको उहाँले बताउनुभयो । बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह देखिएको भएपनि यसको पुष्टी हुनभने बाँकी नै रहेको उहाँको भनाई छ ।