गोरखा ८, असार
अहिले यतिबेला विश्व नै कोराना अर्थात कोभिड १९ नामक भाईरसबाट आक्रान्त बनिरहेको छ अवस्था छ । बिश्वमा करिब ९० लाखको हाराहारीका व्यक्तिलाई अहिले कोरोना भाईरसले आक्रमण गरिसकेको छ भने , ४ लाख भन्दा बढीले त यसभाईसकै कारण ज्यान गुमाई सकेका छन । चिनको वुहान शहरबाट देखिन सुरु भएको यस भाईरस बिस्तारै सक्रिय हुँदै ईटाली , स्पेन अमेरिका ,रूस , जापान , भारत हुँदै हाम्रो देशमा पनि संक्रमणको रुपमा फैलिसकेको छ । नेपालमा पनि यस कोराना भाईरस (कोभिड १९ ) बाट ९ हजार भन्दा बढि संक्रमित भईसकेका भने २३ जनाले त ज्यान नै गुमाईसकेका छन् ।
कोरोना रोकथाम, न्युनिकरण र नियन्त्रणका लागि देशमा लामो समयदेखि जारी बन्दाबन्दीले सवै खालका आर्थिक क्रियाकलाप ठप्प भएका छन् । दैनिक जिविकोपार्जन गरेर छाक टार्ने नागरिकहरुलाई बिहानबेलुकी हातमुख जोड्न धौधौ परिरहेको अबस्था छ । हरेक नागरिकले पहिलेको जस्तो सहज रूपमा, सरल तरिकाले आफ्नो दैनिकी चलाउन सक्ने अवस्था पटक्कै छैन । कोभिड १९ नामक भाईरसका कारणले व्यापार व्यवसाय बिकास निर्माणका काम ठप्पहुदा धेरै मानिहरूलाई जिविका चलाउन , दुई छाक समेत टार्न गारो भएर विहान खाए बेलुकी के खाने, अनि बेलुकी खाए भोलि बिहान के खाने भन्ने निकै जटिल अबस्था छ ।
कोरोनाको संक्रमण फैलन सक्ने डरले नागरिकहरु दैनिकी काममा फर्कने अवस्था छैन, अनि काममै फर्किएकाहरुले पनि आफ्नो स्वास्थ्यलाई नै जोखिममा राखेर काम गरिरहनु परेको अवस्था छ । मानिसहरूमा अहिले कोराना भाईरसका कारण शारीरिक रूपमा भन्दा पनि मानसिक रूपमा पुरै रोगि भई रहेका छन । दिनदिनैको बढ्दो कोराना भाईरसका संक्रमितको संख्या र भाईरसको कारण मानिसको मृत्युको खबरले सवै मानिसहरुमा त्रासको वातावरण छाएको छ ।
यस्तो जटिल परिस्थितीमा पनि शिक्षामा व्यापार गर्न पल्केका शैक्षिक माफियाहरू, शिक्षाको नाममा कराडौको व्यापार गर्नेहरू यस महामारीमा पनि उनिहरूको नीजि विधालयमा अध्यनरत विधार्थीहरूका अभिभावकहरूलाई तत्काल पढाई शुल्क बुझाउन दवाव दिई छन् । बिधालय सञ्चालन नभएको करिब ३ महिना पुग्न लाग्यो । शैक्षिक सत्र समाप्त भएर नयाँ शैक्षिक सुरु समेत भएको छैन । तर सुरु नै नभएको शैक्षिक सत्रको समेत शुल्क बुझाउन दबाब दिएर शैक्षिक माफियाहरुले शिक्षा हाम्रो व्यापार हो भन्ने चरित्रलाई आफै नाङ्गो हुने गरि देखाउन पछि परेका छैनन । यो बिपत कुनै टोलमा परेका बिपत होइन्, यो बिपत कुनै छिमेकमा परेका बिपत होइन ।
यो बिपतबाट सिंगो राष्ट्र र बिश्व नै प्रताडित छ । यस्तो अबस्थामा बिधार्थीहरुलाई पढाइ नै नभएको बिधालय शुल्क बुझाउ भन्नु नीति बिधालयहरुको गैह्रजिम्मेवारीपन र कमाउ धन्दा बाहेक केहि होइन । नीजि बिधालयमा आफ्ना बालबालिका पढाउनेहरु सवै हुनेखाने मात्र छन् भन्ने निश्चित होइन बाध्यता र बिबसताका कारण हुदा खानेहरुले पनि आफ्नो गाँस कटाएर आफ्ना छोराछोरीलाई नीजि बिधालयमा पढाएका छन् । सबै अभिभावकहरू सरकारी जागिरे छैनन् , अनि सरकारी जागिरे नै भए पनि यसरी पढाइ नै नभएको समयको मासिक शुक्न तिर्न मनोमानी ढंगबाट दवाब दिनुले नेपालको नीजि शैक्षिक क्षेत्रको नियत आफै उदांगो भएको पुष्टी हुन्छ ।
शिक्षा व्यापार होइन र हुनुहुदैन । यदी कसैलै व्यापार गर्ने रहर नै छ भने यो मौका उत्तम मौका हो शिक्षा क्षेत्र छोडेर अन्यत्र व्यापार गर्न गए हुन्छ । तर पटक पटक शिक्षा क्षेत्रमा व्यापार गर्न पाइदैन र दिइने पनि छैन । कोरोना भाइरसको त्रासले आक्रान्त बनेका अभिभावकहरु माथि नीजि बिधालयले शुल्क बुझाउन दिएको दबाबले यति बेला धेरै अभिभावकहरु थप चिन्ता थुपरिदिएको छ । संकटको बेला अर्को संकट थप्ने काम कतैबाट हुनुहुदैन पनि । सवै खालका दैनिकी ठप्प बनेको यो महामारीको बेलामा पनि ताकेता दवाव दिई रहनुले नेपालको नीजि शैक्षिक क्षेत्र नाफा कमाउने बाहेकको अन्य कुनै दृष्टिकोण छैन भन्ने प्रमाणित हुन्छ ।
अत् अनलाईन कक्षाको नाम बिधार्थीहरूका अभिभावकहरूलाई ठग्ने काम पनि तत्काल बन्द गरियोस् , नेपाली शिक्षा क्षेत्रका लागि यस्ता कार्य कदापी स्विकार्य हुदैन । यस्ता काम तत्काल बन्द गरियोस् । दुःखमा परेका हरेका बिधार्थीको पक्षमा अब बिधार्थीहरुका हक हितको पक्षमा लड्छु भन्ने बिधार्थी संगठनहरु समेत नीजि बिधालयहरुको गलत हर्कतका बिरुद्धमा अग्रमेर्चामा उभिनु जरुरी छ । शैक्षिक माफियाहरुका बिरुद्धमा बोल्ने र आम बिधार्थी तथा अभिभावकका पक्षमा आवाज उठाउन सकिएन भने यो पुस्ताले हामीले हामीलाई धिर्काने छन् अब बेलैमा सचेत हुनु जरुरी छ र आवाज उठाउनु आबश्यक छ ।
लेखक अखिल नेपाल बिधार्थी संगठनमा आबद्ध हुनुहुन्छ ।