Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

अर्थमन्त्रीले गरे हुन्छ, बुढीगण्डकी डुवान क्षेत्रमा घरगोठको ह्रास कट्टी नगर्न निर्णय गर्नुस: सांसद अधिकारी


5.3K
Shares

अर्थमन्त्रीले गरे हुन्छ, बुढीगण्डकी डुवान क्षेत्रमा घरगोठको ह्रास कट्टी नगर्न निर्णय गर्नुस: सांसद अधिकारी

गोरखा २४, जेठ । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले बुढी गण्डकी जलबिद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने घरगोठको मुअब्जा बितरण गर्दा ह्रास कट्टी नगर्न सरकारलाई पुनः आग्रह गर्नुभएको छ ।

संघिय संसदमा सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट माथिको जारी छलफलमा शनिबार बोल्नु हुदै सांसद अधिकारीले अर्थमन्त्रीले गर्ने एउटा निर्णयले घरगोठको मुअब्जामा ह्रास कट्टी नुहने भन्दै तत्काल निर्णय गर्न आग्रह गर्नुभयो ।

उहाँले गोरखाको माथिल्लो क्षेत्रमा अझै पनि सञ्चारको सम्र्पकमा नागरिकहरुले कठिनाई भोग्नु परेको भन्दै तत्काल त्यसको उचित व्यवस्था गर्न पनि सभामुख मार्फत सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले हिमाल पारिको क्षेत्र भनिने गोरखाको दुई वटा गाउँपालिकामा टेलिफोन सम्र्पकमा अत्यन्त जटिलता रहेको उल्लेख गर्दै आबश्यक प्रबिधिका बिस्तार गर्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology