गोरखा २१, जेठ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेललाई कैलालीबाट गोरखा ल्याइएको छ । नेतृ भुजेलललाई मङ्गलवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट गोरखा पठाएको हो ।
तत्कालिन नेकपा माओबादीले सञ्चालन गरेको ससस्त्र जनयुद्धका क्रममा पक्राउ गरि गोरखा जेलमा रहदा उहाँ सहित ५ जना कारागारबाट सुरुङ खनेर जेल तोड्न सफल हुनुभएको थियो ।
पार्टी बिभाजन पनि अहिले उहाँ सरकारद्धारा प्रतिबन्धित बिलप्व समुहमा आबद्ध हुनुहुन्छ । प्रहरीले नेतृ भुजेल बिरुद्ध जिल्ला अदालत गोरखामा अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । त्यही मुद्दाको थप काननी प्रक्रियाको लागि बुधबार जिल्ला अदालतमा उपस्थित गराइने एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
भुजेललाई गएको पुस दोस्रो हप्ता सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो ।