Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लकडाउनको मोडल परिर्वतन गर्न गृहकार्य सुरु


2.8K
Shares

लकडाउनको मोडल परिर्वतन गर्न गृहकार्य सुरु

काठमाण्डौ २०, जेठ । सरकारले लकडाउनको मोडल परिवर्तन गर्न गृहकार्य सुरु गरेको छ । लकडाउनका मोडल परिवर्तन गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो। छलफलमा सहभागी सरोकारवालाहरुले तत्काल अर्थतन्त्रलाई चलायमान बनाउने बारेमा सोच्नु पर्ने बेला आएको सुझाव दिएका थिए ।

विभिन्न पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिले अर्थतन्त्र चलायमान नबनाए कोरोना भाइरसले निम्त्याउने समस्या भन्दा भोकमरीको समस्या विकराल हुने हुनसक्ने तर्फ ध्यानदिनुपर्नेमा जोड दिएका हुन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले रेड, ग्रिन र एल्लो जोन गरेर लकडाउन खुकुलो बनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।

उहाँले जोखिमको तह र क्षेत्रलाई वर्गीकरण गरी विस्तारै लकडाउन खुकुलो बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन आफुहरुले सुझाव दिएको र समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वास्थ्य विज्ञ लगायत विभिन्न निकायका प्रतिनिधिसंग छलफल गरि निर्णय लिने आवश्वास दिएको बताउनुभयो ।

छलफलमा सहभागीहरुले लकडाउन लम्बिँदै जाँदा उत्पादन, बजारीकरणमा सहभागी मजदुर, लगानीकर्ता सबै प्रभावित हुने भन्दै व्यवसायीले लकडाउन खुकुलो पारेर क्षेत्रगत वर्गीकरण गरी उद्योग खोल्ने वातावरण मिलाउन सुझाव उनीहरुले जोखिमको स्तर हेरेर क्षेत्रगत रुपमा समय समेतको व्यवस्थापन गरी अर्थतन्त्र चलायमान बनाउन सुझाव दिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology