गोरखा १७, जेठ । धादिङ सुनौलो बजार आसपास केन्द्र बिन्दु भएर भुकम्प गएको छ । शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्प धादिङ जिल्ला सहित आसपासका गोरखा, तनहुँ चितवन र काठमाण्डौमा लगायतका क्षेत्रमा धक्का महसुस गरिएको थियो ।। शनिबार राति गएको २०७२ सालको भूकम्पकै गोरखा भुकम्पको पराकम्प भएको जनाइएको छ ।