काठमाण्डौ १७, जेठ । शनिबार एकै दिन नेपालमा १ सय ८९ जना मानिसमा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । यस संगै देशमा सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससंगै देशभरका ५३ जिल्लामा कोरोना फैलिएको छ । कपिलवस्तु १ सय ९, सर्लाहीमा १७, दैलेखमा १४ जना, सिरहामा ११, सप्तरीमा ९, धनुषामा ७ र रौतहटमा ६ जनालाइ कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै दाङमा ५, महोत्तरीमा ४, पर्सामा २, संखुवासमा २, झापामा १, ललितपुरमा १ तथा बारामा १ जनमा सङ्क्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका छन् ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।