Nagarik Sawal

२०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कोरोना महामारीमा पसेको भारतबाट ६० जना गोरखा आए : भारतबाट आएका बाग्लुङका ६ जनामा संक्रमण


2.6K
Shares

कोरोना महामारीमा पसेको भारतबाट ६० जना गोरखा आए : भारतबाट आएका बाग्लुङका ६ जनामा संक्रमण

गोरखा १५, जेठ । गोरखा जिल्लामा गएको २१ दिनमा भारतबाट ६० जना गोरखा जिल्ला भित्रिएका छन् । कोरोना संक्रमणको महामारीमा गुज्रीएको भारतबाट रोजगारी लगायत अन्य कामका शिलसिलामा गएकाहरु लकडाउनकै अबधीमा जिल्ला फर्किएका हुन् । गोरखाका स्थानीय तहले भारतिय सिमामा अलपत्र परेका आफ्ना गाउँपालिकाबासीलाई ल्याउन सुरु गरेपछि भारतमा रोजगारीमा गएकाहरु धमाधम गोरखा फर्कन शुरु गरेका छन् ।

लकडाउन बढ्दै जाँदा भारत र सिमावर्ती जिल्लामा पालिका भित्रका नगारिक अलपत्र परेको गुनासो आउन थालेपछि गोरखाका स्थानीय तहले उद्वारको काम सुरु गरेका हुन् । गोरखा जिल्लाका स्थानीय तहहरुले उद्धारको नै खडा गरि अलपत्र परेका जिल्लाबासी नागरिकहरुको उद्धारको काम थालेका छन् ।

आफुखुसी आएकाहरुलाई गोरखा प्रवेशको मूख्य नाका गोरखा नगरपालिकाको मझुवा देउरालीमा रोकेर क्वारेन्टिनमा पठाउने गरिएको छ भने सम्र्पकमा आएकहरुलाई उद्धार गरि देउरालीमा रहेको गोरखकाली रवर उद्योगको निवासमा राखी सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने निर्णय भएको छ । । क्वारेन्टिनमा रहेकाहरुको कोरोना परीक्षण गरेर मात्रै घर पठाउने गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले जानकारी दिनुभयो ।

क्वारेन्टिनमा बसेर घर फर्किएकाहरुलाई एक साता ‘होम क्वारेन्टिन’ मा बस्न भनिएको छ ।  उता भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टी भएकोे छ । केही दिन अगाडी मात्र भारतको विभिन्न स्थानबाट आएका मध्ये ६ जनामा कोरोना देखिएको हो । बडीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४ जनाको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बिज्ञप्ती मार्फत संक्रमणको पुष्टी गर्नुभएको हो । बागलुङमा पछिल्लो समय करीब ४०० जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology