काठमाडौं, ११ जेठ । काठमाण्डौको स्वयम्भु स्थित महानगरीय प्रहरी प्रभागमा गोली चलेको छ । ड्युटीमा खटिएकै अवस्थामा प्रहरी माथी गोली प्रहार भएको स्रोतले बताएको छ । गोलाी लागि असई महेश कार्कीको ज्यान गएको छ ।
कसले गोलि प्रहार गरेको पहिचान हुन सकेको छैन । घटनाको अवस्था हेर्दा भने उनी आफैँले गोली हानेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । असई कार्कीको टाउकोबाट अहिले गिदि निस्किएको छ । उनी कुर्सीमा बसेकै अवस्थामा गोली हानेको देखिएको छ ।