Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कोरोना उपचार गराई रहेका थप ८ जना निको


1.6K
Shares

कोरोना उपचार गराई रहेका थप ८ जना निको

काठमाण्डौ ७, जेठ । कोशी अस्पतालमा कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये थप आठजना निको भएका छन् । उनीहरूलाई बुधबार डिस्चार्ज गरिएको छ ।

विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा कोरोनामुक्त भएर डिस्चार्ज भएकालाई स्वास्थकर्मीले पुष्पगुच्छा दिएर बिदाइ गरेका छन् । डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ३ जना र ५ जना भारतीय नागरिक छन् ।

भुल्केका तीन जनालाई होम क्वारेन्टाइनमा र भारतीयलाई विराटनगर–१५, रानीस्थित मरकजमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिनुभएको छ । यससँगै देशभर कोरोना पुष्टि भएर पनि निको हुनेको सङ्ख्या ४५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology