Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना संक्रमणका कारण नेपालमा दोस्रो व्यक्तिको मृत्यु


1.2K
Shares

कोरोना संक्रमणका कारण नेपालमा दोस्रो व्यक्तिको मृत्यु

गोरखा ४, जेठ । नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण नेपालमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको कोरोनाको कारण मृत्यु भएको हो । नरैनापुर गाउँपालिका ५ को दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका ती युवक भारतबाट केही दिनअघि नेपाल आएका थिए ।

आज बिहान ६ बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको थियो । उनको स्वावको नमूना हिजो सङ्कलन गरिएको थियो तर जाँचको रिपोर्ट नआउँदै मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती युवको रिपोर्टमा उनी कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ । क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएपछि भोजभगवानपुर गाउँलाई पूर्ण रूपमा बन्द गर्ने तयारी भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

नरैनापुर ५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । नरैनापुरका ११ वटा क्वारेन्टाइनमा करिब सात सय नागरिक बस्दै आएका छन् । ती मध्ये अधिकांश भारतबाट आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology