गोरखा ३, जेठ ।सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे स्थित राम्चेकी साबित्री तिमील्सिनाको कोरोना भाईरसका कारण निधन भएको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेर अघि सार्वजनिक गरेको बिज्ञप्तीमा तिमल्सिनाको कोरोना भाइरसका कारण मृत्यु भएको षुष्टी भएको जनाएको हो । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ ।
२९ वर्षीया सुत्करीको अस्पतालमा उपचारका क्रममा अस्ति बिहीबार निधन भएको थियो । २३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर २५ गते घर फर्कनुभएको थियो । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल पुग्नुभएका उहाँको बिहीबार निधन भएको हो ।
अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भएको देखिएको थियो । तिमल्सिनाकोे मृत्यु पछि अस्पताल समेत सिल गरिएको छ । यसैबीच, मृत्यु भएकी महिलाको आफन्तको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ भने मृतक महिलाको घर तथा माइती गाउँ सवै तिर सिल गरिएको जनाइएको छ । कोरोनाबाट देशभर अहिलेसम्म २८१ जना संक्रमित भएका छन् ।
