काठमाण्डौं ३, जेठ ।सरकारले अझै तीन महिनालाई पुग्ने खाद्यान्न सञ्चित रहेको जनाएको छ । कोरोना भाईरस अर्थात् कोभिड १९ महामारीका बीचमा पनि खाद्यन्न आपूर्तिमा कुनै समस्या नरहेकाले खाद्यन्न सञ्चित गर्न सकिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाई छ ।
व्यापारीहरुसँगको मौज्दात र आपूर्तिको अवस्था हेर्दा, तीन महिनाका लागि कुनै समस्या नहुने र त्यसपछि पनि आपूर्ति व्यवस्था सहज रुपमै संचालन हुने उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले बताउनुभयो ।
साथै सरकारले खाद्यबस्तुसँग सम्बन्धित उद्योगहरु पनि सञ्चालन गरिने जनाएको छ ।