काठमाण्डौं ३, जेठ । काठमाण्डौंको त्रिवि शिक्षण अस्पतालमा बिरामी भेट्न आएका एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टी भएको छ ।
अस्पतालको न्यूरो वार्डमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि गरिएको परीक्षण क्रमममा उनमा संक्रमण पोजेटिभ देखिएको अस्पतालले पुष्टी गरेको छ ।
संंक्रमित व्यक्तिलाई अहिले आइसोलेसनमा राखिएको अस्पताल स्रोतले बताएको छ । संक्रमिण व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको जनाएको छ । दाङका ४६ वर्षीय ती व्यक्ति न्यूरो वार्डमा सर्जरी गरेको बिरामीलाई भेट्न आएका थिए।