गोरखा ३१, बैशाख । बुधबार साँझ सम्ममा नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ जारी गरेको प्रेस बिज्ञप्तीमा आज मात्र थप २४ जना संक्रमति फेला परेको हो ।
मन्त्रालयका अनुसार रुपन्देहीमा १२ जना, कपिलबस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित सवैको स्वास्थ्य अबस्था भने सामान्य रहेका मन्त्रालयले जनाएको छ ।
