Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अतिक्रमण गरिएको नेपाली भूमिको सुरक्षाका लागि हेलिकप्टर लिएर सशस्त्र प्रहरीको टोली दार्चुला प्रस्थान


3.5K
Shares

अतिक्रमण गरिएको नेपाली भूमिको सुरक्षाका लागि हेलिकप्टर लिएर सशस्त्र प्रहरीको टोली दार्चुला प्रस्थान

काठमाडौँ, ३१ बैशाख । भारतले अतिक्रमण गरको नेपालको कालापानी लगाएका क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली त्यस तर्फ प्रस्थान गरेको छ । उक्त प्रहरीको टोली दार्चुलाको छांगरु क्षेत्रमा क्याम्प बनाएर बस्नेत जनाइएको छ ।

पहिलो चरणमा काठमाडौँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर बुधबार हेलिकप्टर छाङरु उडेको हो । छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाको गर्ने तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्ने निर्णय गरेको थियो ।

उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology