गोरखा ३१, बैशाख । पूर्व गृहमन्त्री एवम नेकपाका नेता भीम रावलको सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीका एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । स्थायी घर रामेछाप भएका २७ वर्षीय उनी भक्तपुर दुवाकोटमा अस्थायीरुपमा बस्दै आएका थिए । उनको हाल टेकु अस्पतालमा अहिले उपचार भइरहेको बताइएको छ ।
सुरक्षाकर्मीलाई कोरोना भएपनि भिम रावलको भने रिपोर्ट नेगेटिभ आएको छ ।