काठमाडौं । मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । मंगलबार राती ११ बजेर ५३ मिनेट जाँदा दोलखाको जुगु केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
केन्द्रका अनुसार ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो। काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको थियो ।