Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कोरोना संक्रमण बढ्दै गएपछि एक जिल्लाबाट अर्को जिल्ला जान रोक : गृहले रद्ध गर्यो सवै सवारी पास


1.8K
Shares

कोरोना संक्रमण बढ्दै गएपछि एक जिल्लाबाट अर्को जिल्ला जान रोक : गृहले रद्ध गर्यो सवै सवारी पास

काठमाडौं ३०, वैशाख। गृह मन्त्रालयले देशभर एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । मुलुकमा कोरोना ९कोभिड–१९० भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार आज निर्णय गरेको हो । मंगलबार मात्रै ६८ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

गृह मन्त्रालयका अनुसार बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।’ अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए ।

अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology