Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपालको भूमि लिपुलेकमा भारतले सडक सञ्चालनको बिरोधमा उत्रिएका पूर्व एआईजी र पूर्व साहायक रथी पक्राउ


1.3K
Shares

नेपालको भूमि लिपुलेकमा भारतले सडक सञ्चालनको बिरोधमा उत्रिएका पूर्व एआईजी र पूर्व साहायक रथी पक्राउ

काठमाण्डौं २७ बैशाख।  नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ पर्नुभएको छ । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने बाटो खनेको विरोधमा सडकमा उत्रिएका श्रेष्ठ र बस्‍नेतलाई शनिबार दिउँसो काठमाडौंको शंकपार्कबाट पक्राउ गरेको हो । उहाँहरु दुवैलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।

आजै लिपुलेकमा सडक बनाएको विरोधमा राजधानीको लैनचौर र माइतीघर लगायतका स्थानमा प्रदर्शन गर्ने ३ दर्जन बढीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतले गत कात्तिक १६ मा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेपछि नेपालमा विरोध भएको थियो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडिओ सम्मेलनमार्फत सडकको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology