काठमाण्डौं २६, बैशाख ।घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडी धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा परी तीन चिनियाँसहित ४ जना घाइते भएका छन् । शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिक जुलुससहित आएपछि झडप भएको हो । प्रहरीको लाठी चार्जको क्रममा दुई चिनियाँ घाइते भएका छन् ।
सामान्य घाइते भएका उनीहरु अस्पताल जान पनि नमानिरहेको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकको ढुङ्गा प्रहारबाट प्रहरी नायव उपरिक्षक हरीबहादुर बस्नेतसहित चार जना घाइते भएका महानगरीय प्रहरी कार्यालय काठमाण्डौँका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक श्याम ज्ञवालीले सीआइएनलाई जानकारी दिनुभयो ।
अहिले चिनियाँ नागरिक फुटपाथमा बसेर धर्ना दिइरहका छन् । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजे पनि हट्न मानिरहेका छैनन् । करिब २० जनाभन्दा बढी रहेका उनीहरु ‘वी वान्ट टू गो ब्याक होम’ अर्थात हामी घर जान चाहान्छौँ लेखिएको प्ले कार्ड’ बोकेर सिंहदरबार गेट अगाडि धर्नामा बसिरहेका छन् ।