Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

सांसद अपहरणको घटनामा सांसद बस्नेत, श्रेष्ठ र पूर्व आइजिपी खनाल बिरुद्ध अनुसन्धान शुरु


2.2K
Shares

सांसद अपहरणको घटनामा सांसद बस्नेत, श्रेष्ठ र पूर्व आइजिपी खनाल बिरुद्ध अनुसन्धान शुरु

काठमाण्डौ २६, बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले आज दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरण मुद्दाको जाहेरीबारे जानकारी गराएपछि अनुसन्धान सुरु भएको हो । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको जाहेरी दर्खास्त काठमाडौं प्रहरीलाई पठाइएको जिल्ला न्यायाधीवक्ता नुमराज खनालले जानकारी दिनुभयो ।

सरकारी वकिलले जाहेरी पठाएपछि ‘सांसद अपहरण’ प्रकरणमा अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीले बताउनुभयो । आवश्यक परे अभियुक्तलाई पक्राउ गर्न सकिने प्रावधान रहे पनि अनुसन्धान अधिकृतलाई कानुनले केही अधिकार दिएकाले अहिल्यै केही बताउन नसकिने ज्ञवालीले बताउनुभयो । अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेता महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए ।

तर, प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए । तर, वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिन मानेन । यद्यपि उजुरीको प्रति छाडेर फर्किएका थिए । सांसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका थिए । त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको थियो । लकडाउनको समयमा सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनाल महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौँ ल्याएका थिए । सांसद यादवले आफूलाई इच्छाविपरीत काठमाडौं ल्याएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology