Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपालमा बुधबार (आज) एकैदिनमा १७ जना कोरोना संक्रमित भेटियो


1.5K
Shares

नेपालमा बुधबार (आज) एकैदिनमा १७ जना कोरोना संक्रमित भेटियो

गोरखा २४, बैशाख । नेपालमा बुधबार (आज) एकै दिन १७ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

सङ्क्रमितहरू २ महिनादेखि ६६ वर्षसम्मका भएको प्रवक्ता देवकोटाले बताउनुभयो । बुधबार कोरोना पुष्टि भएकामा १० जना पुरुष र ७ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको जम्मा सङ्ख्या ९९ पुगेको छ । आज नै कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना सङ्क्रमित भारतीय नागरिक निको भएर क्वारेन्टाइन बस्न गएका छन् ।

निको हुने कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या २२ पुगेको छ । यद्यपी २२ मध्ये ३ जनामा अनुगमन जाँच गर्दा फेरि कोरोना देखिएपछि बिभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology