Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

डकडाउनका बेला सामुदायिक रेडियो मार्फत पठनपाठन गराउन सरकारको ध्यानकर्षण


2K
Shares

डकडाउनका बेला सामुदायिक रेडियो मार्फत पठनपाठन गराउन सरकारको ध्यानकर्षण

काठमाण्डौ २३, बैशाख । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले बन्दाबन्दीको समयमा सामुदायिक रेडियोमार्फत विद्यार्थीलाई पठनपाठन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै अकोराबले सामुदायिक रेडियोको प्रभाव दुर्गम बस्तीसम्म भएको र पहुँच पनि सर्बसुलभ भएकाले सामुदायिक रेडियोबाटै पठनपाठन गराउन आग्रह गरेको हो ।

अकोराबका अध्यक्ष सुवास खतिवडाले शिक्षा मन्त्री पोखरेल समक्ष ज्ञापनपत्र बुझाउनुभएको हो । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथामका निम्ति सरकारले गरेको लकडाउनका कारण विद्यालय बन्द भएको र लाखाँै बालबालिका घरमै बसिरहेको अवस्थामा उनीहरूलाई लक्षित गरी सामुदायिक रेडियोहरूबाट शैक्षिक कार्यक्रम गर्न सकिने र त्यसका लागि देशभरका ३ सय ६० सामुदायिक रेडियो तयार रहेको पनि अध्यक्ष खतिवडाले बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले सबै नागरिकको पहुँचमा सामुदायिक रेडियोहरू भएकाले त्यसैअनुसार कार्ययोजना बनाएर पठनपाठन अघि बनाउने तयारी भइरहेको बताउनुभयो । कतिपय रेडियोले स्थानीय सरकारसँग मिलेर अहिले पनि शैक्षिक कार्यक्रम उत्पादन गरिरहेको स्मरण गर्दै उहाँले अहिलेको अवस्था सामुदायिक रेडियोको विकल्प नरहेको बताउनुभयो ।

ज्ञापनपत्र बुझाउने क्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले रेडियोबाट पठनपाठन कसरी गर्ने भनेर विज्ञ तहमा छलफल भइरहेको र कार्ययोजना बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology