काठमाण्डौं २२, बैशाख । सरकारले जारी लकडाउनलाई सात दिन थप्ने तयारी गरेको छ। कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा लकडाउन लम्ब्याउनु पर्नेबारे छलफल भएको हो ।
लकडाउन लम्ब्याइए पनि कोरोना संक्रमणको अवस्था हेरी विभिन्न ठाउँमा खुकुलो पार्ने समेत सरकारको तयारी रहेको बैठकमा उपस्थित एक मन्त्रीले बताएका छन् ।
बैठकमा लकडाउन सात दिन थप्नेबारे छलफल भएको स्रोतले बताएको छ । तर संक्रमणको अवस्था हेरी विभिन्न ठाउँमा खुकुलो पार्न सकिने पनि सुझाव आएको बताइएको छ । जारी लकडाउन २५ गते सकिँदै छ।
यसबारेमा मोडालिटी तयार पार्न स्वास्थ्य, रक्षा, गृहलगायतका सचिवलाई निर्देशन दिइएको छ।