Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कोरोनाको उपचारपछी निको भएर घर फर्किएका दुईजना पुनः अस्पताल भर्ना


2.5K
Shares

कोरोनाको उपचारपछी निको भएर घर फर्किएका दुईजना पुनः अस्पताल भर्ना

चितवन २१, बैशाख । नारायणी अस्पतालबाट कोरोनाको उपचारपछी निको भएर घर फर्किएका दुई जनालाई पुनः अस्पताल भर्ना गरिएको छ ।

गत बैशाख १४ गते एकैसाथ डिस्चार्ज गरिएका रौतहटका १९ वर्षिय युवक र वीरगञ्जको छपकैयास्थित मस्जीदमा बस्दै आएका एक भारतीय जमातीको स्वास्थ्यमा समस्या देखिएपछि दुवैजनालाई पुनः अस्पताल भर्ना गरिएको प्रदेश २ को सामाजीक विकास मन्त्रालयका प्रवक्ता, रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उनीहरूमा कोरोना सङ्क्रमणको जस्तै लक्षण देखिन थालेपपछि पुनः नारायणी अस्पतालको आईसोलेसनमा राखी स्वाब परीक्षणका लागि काठमाण्डौँ पठाइएको प्रवक्ता घिमिरेले आइतबार नियमित मिडिया ब्रिफिङका क्रममा जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology