काठमाण्डौं २१, बैशाख । सङ्घीय संसदको वजेट अधिवेशन यही वैशाख २६ गतेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वजेट अधिवेशन आज आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । वजेट अधिवेशन आह्वानका लागि सरकारले आज राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी वजेट अधिवेशन आह्वान भएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले वजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।
अघिल्ला बर्षहरूमा यतिबेला नीति तथा कार्यक्रम र बजेटको बारेमा छलफल हुने गरेको थियो । यस पटक भने कोरोनाका कारण संसदको गतिविधि पनि प्रभावित भएको छ ।