काठमाण्डौ १६, बैशाख ।रौतहटका थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । जिल्लाको वृन्दावन नगरपालिका नौ भुसहा र देवाही गोनाही नगरपालिका एकका गरि दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले जानकारी दिनुभयो ।
२४ वर्षीय पुरुष र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससंगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । ५४ जनामध्ये १६ जना स्वस्थ भएर घर फर्किसकेका छन् ।