गोरखा १४, बैशाख । सरकारले लडडाउनको अबधी थप १० गने बढाउने निर्णय गरेको छ । भोलीसम्मका लागि थपिएको म्याद पुनः आज चौथो पटक थपगरिएको हो । मन्त्री परिष्दको आज बसेको बैठकले बैशाक २५ गतेसम्म लडाउनको समय थप गर्ने निर्णय भएको मन्त्रीपरिष्द स्रोतले जनाएको छ ।
शनिबार बसको कोरोनाभाइरस ९कोभिड–१९० सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर कोरोना संक्रमणको अबस्था बढ्दै गएको निस्कर्ष निकाल्दै डकाउन अन्त्य गर्ने अबस्था आइनसकेको निस्कर्ष निकालेको थियो ।
यस अघि मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले सरकारलाई थप एक हप्ता लम्ब्याउन उपयुक्त हुने सुझाव दिएको थियो । तर समितिको बैठकले एक हप्ताभित्र सङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण ९कन्ट्याक्ट ट्रेसिङ० गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि लम्ब्याउने निष्कर्ष निकालेको थियो ।