Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

आरडीटीमा कोरोना पोजेटिभ देखिएकी२३ वर्षीया युवतीको मृत्यु


1.7K
Shares

आरडीटीमा कोरोना पोजेटिभ देखिएकी२३ वर्षीया युवतीको मृत्यु

वीरगञ्ज, १४ वैशाख । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी ) कोरोना पोजेटिभ देखिएकी वीरगञ्ज १० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको छ । आइसोलेसनमा राखेर उपचारको तयारी गर्दागर्दै उहाँको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि उहाँको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडामा रहेको प्रादेशिक प्रयोगशालामा पठाइएको छ । यसअघि ब्लड क्यान्सरकी बिरामी ती युवतीमा आरडीटी पोजेटिभ देखिएको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएको नमरयणी अस्पतामलका मेडिकल सुपरिटेन्डेण्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँ गएको चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा भर्ना हुनुभएको थियो ।युवतीको मृत्यु भएसँगै परिवारका सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology