Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको ५ बर्ष पुरा : गोरखामा ८४ प्रतिसत नीजि आवास पुनःनिर्माण


3.7K
Shares

बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको ५ बर्ष पुरा : गोरखामा ८४ प्रतिसत नीजि आवास पुनःनिर्माण

गोरखा १२ बैशाख । आज बैशाख १२ गते । २०७२ साल बैशाकमा आजकै दिन बिनासकारी भुकम्प गएको ५ बर्ष पुरा भएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भुकम्पले गोरखा सहित १४ जिल्लामा अत्याधिक जनधनको क्षति पु¥याएको थियो । भूकम्पका कारण गोरखा जिल्लामा ७२ हजार १ सय १३ वटा निजी आवासमा क्षति पु¥याएको थियो ।

जसमध्ये ६६ हजार ७ सय ५९ वटा घर पूर्ण रुपमा क्षति तथा पु¥याएको थियो भने ५ हजार ३ सय ५४ घर आंशिक क्षति भएका थिए । गोरखा जिल्लामा भुकम्प गएको ५ बर्षको पुरा हुदा भुकम्पले क्षति पु¥याएका ५६ हजार चारसय १७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन इकाई गोरखाका प्रमुख रामशरण आर्चायले जानकारी दिनुभयो ।

जुन प्रतिसतको हिसावमा ८४.५१ प्रतिशत हो । कार्यालयको तथ्याङक अनुसार गोरखा जिल्लाका ११ स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका पुनःनिर्माणमा सवैभन्दा अगाडी छ । बारपाक सुलिकोट गाउँपालिकामा ७ हजार ५२ घर ध्वस्त भएकोमा अहिलेसम्ममा ६ हजार ६ सय २५ वटा निर्माण भईसकेको उहाँले बताउनुभयो । यो कुल क्षतिको ९३.८१ प्रतिशत हो । त्यस्तै गोरखा नगरपालिकाका ९ हजार ३ सय ८९ घरमध्ये ८ हजार एकसय ८२ अर्थात ८७.८४ प्रतिसत पुनःनिर्माण सम्पन्न भएको प्रमुख आर्चायले जानकारी दिनुभयो ।

यता जिल्लाको पालुङटार नगरपालिकाका ८ हजार ८ सय २६ घरमध्ये ७ हजार एकसय ९३ अर्थात ८१.५०प्रतिशत, सिरानचोक गाउँपालिकाका ५ हजार ९ सय ५४ घरमध्ये पाँचहजार ४ सय ६ अर्थात ९०.८० प्रतिशत, नीजि आवास पुनर्निर्माण उहाँले जानकारी दिनुभयो । त्यस्तै अजिरकोट गाउँपालिकाका ४हजार १ सय ६ घरधुरीमा क्षति पु¥याएकोमा ३ हजार ७ सय ९५ घरधुरी अर्थात ९२.४३ प्रतिशत, धार्चे गाउँपालिकाको ३ हजार ९ सय १ घरधुरीमध्ये २ हजार ८ सय ४५ अर्थात ९२.९२ प्रतिशत, चुमनुब्री गाउँपालिकमा २ हजार ३ सय ६९ घरमध्ये १ हजार ६ सय ७५ अर्थात ७०.७० प्रतिशत, आरुघाट गाउँपालिकाका ६ हजार ८ सय ७९ घरधुरीमध्ये ६ हजार ७ अर्थात ८७.३२ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ ।

भीमसेनथापा गाउँपालिकामा ६ हजार ८ सय २४ घरधुरीमध्ये ५ हजार ४ सय ५० अर्थात ७९.८७ प्रतिशत, शहीदलखन गाउँपालिकामा ६ हजार २ सय ४५ घरधुरीमध्ये ५ हजार ३ सय ९८ अर्थात ८६.४४ प्रतिशत र गण्डकी गाउँपालिकाको ५ हजार २ सय ४ घरधुरीमध्ये ३ हजार ८ सय ४१ अर्थात ७३.८१ प्रतिशत पुनर्निर्माण सम्पन्न भईसकेको कार्यालयले जनाएको छ ।

यता भुकम्पको ५ बर्ष बितिसक्दा गोरखा जिल्लामा प्रवलीकरणमा परेका ५ हजार ३ सय ५४ घरधुरी मध्ये १२ वटा घर मात्र प्रवलीकरण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । प्र्रवलीकरणमा परेकाहरु अधिकांसले पूर्ण लाभग्राहीको सूचीमा पर्नुपर्ने भन्दै पुनः निवदेन दिएकाले प्रवलीकरणमा भने ढिलाई हुदै आएको छ । गोरखा जिल्लामा भुकम्पले क्षति पु¥याएको ऐतिहासिक मनकामना मन्दिर पुनःनिर्माण सम्पन्न भइसकेको छ भने गोरखा दरबार पुनःनिर्माण भने अत्यन्तै सुस्त गतिमा अघि बढेको छ । अहिले कोरोना भाइरस कोभिड १९ को रोकथाम नियन्त्रण र न्युनीकरणका लागि देशभर लकडाउनको घोषणा गरिएकाले गोरखा जिल्लामा पुनःनिर्माणको काम लगभग ठप्प जस्तै भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology