काठमाडौं १०, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुको मन मिले एकताबद्ध भएर जाने मन नमिलेमा जति कसिकसाउ गरे पनि पार्टी फुट्न सक्ने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सांसदहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश कुनै दललाई लक्षित गरेर नल्याइएको स्पष्ट गर्दै राजनीतिक पार्टीहरु कानुनले बाधिन नसक्ने बताउनुभयो।
सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँगको छलफलमा प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश, २०७७ र संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ ल्याउनुको औचित्य सांसदहरूलाई जानकारी गराउनु भएको थियो ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारले ल्याएको अध्यादेश नेकपालाई लक्षित गरेर नल्याइएको समेत स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै नेकपाका एक सांसद भन्नुभयो ‘मन मिलिनरहंदा जति प्रतिशत भए पनि मिलेर बस्न सकिहालिन्छ, नमिलेमा जति गरे पनि फुटिहालिन्छ ।
अध्यादेश व्यक्तिगत स्वतन्त्रताका लागी ल्याइएको हो कुनै दललाई लक्षित गरेर होईन ।’ प्रधानमन्त्री ओलीले आज सवै प्रदेशका सांसदहरुसंग छलफल गर्नुभएको छ ।