काठमाण्डौ ६, बैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा शनिबार परीक्षणका क्रममा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो। संक्रमित व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष भएको उहाँले जानकारी दिनुभयो ।
यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ। शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो। मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।