काठमाण्डौ २, चैत । सरकारले तेस्रो पटक लकडाउनको समयाबधी थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले थप १२ दिन लकडाउनको म्याद थप गर्ने निर्णय गरेको जनाइएको छ ।
सरकारले तेस्रो पटक म्याद थप गरेसंगै अब बैशाख १५ गतेसम्म लडडाउन हुने भएको हो । गएको चैत ११ गते १ हप्ताका लागि लकडाउन घोषणा गरेको सरकारले त्यसपछि पहिलो पटक थप ८ दिन लक डाउन थप गरेको थियो ।
त्यस्तै संक्रमितको संख्या बढ्न थालेपछि सरकारले दोस्रो पटक बैशाख ३ गते (भोलि) सम्मका लागि लडडाउन घोषणा गरेको थियो । लक डाउन हुनुभन्दा अघि नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई जना थियो तीमध्ये पनि एक जना उपचार भएर घर फर्किसकेका थिए।
मंगलबार सम्ममा नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ।