Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

नेपालमा थप ३ जनाका कोरोना संक्रमणको पुष्टी : कोरोना संक्रमितको संख्या १२ पुग्यो


1.5K
Shares

नेपालमा थप ३ जनाका कोरोना संक्रमणको पुष्टी : कोरोना संक्रमितको संख्या १२ पुग्यो

गोरखा ३०, चैत । थप तीन जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै नेपालमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ । यद्यपी गएरातिको जाँचमा कोरोना सङ्क्रमित भेटिएका ३ जना भारतीय नागरिक हुन् ।

उनीहरू ३७, ४४ र ५५ वर्षका रहेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उनीहरुमध्ये एकजना दिल्ली र दुई जना उत्तर प्रदेशका बासिन्दा रहेको खुलेको छ ।

तीनैजना व्यक्तिको सम्पर्कमा आएकाहरूको बारेमा अभिलेख खोज्नका लागि विज्ञ टोली परिचालन गरिएको डा देवकोटाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ५ हजार १ सय ८४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ ।

विभिन्न जिल्लामा अहिलेसम्म द्रुत रूपमा ३ हजार ३ सय २१ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । आइतबारसम्ममा काठमाडौँ उपत्यकाभित्र १५ जना र उपत्यकाबाहिर ७० जना गरेर ८५ जना आइसोलेसनमा मन्त्रालयले जनाएको छ ।

देशभर ७ हजार ९ सय ७३ जना मानिस क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology