Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

चैत महिनाको शुल्क छुट दिन निजी विद्यालयलाई निर्देशन


2.2K
Shares

चैत महिनाको शुल्क छुट दिन निजी विद्यालयलाई निर्देशन

काठमाण्डौ २९, चैत । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत महिनाको शिक्षण शुल्क छुट गर्न निजी विद्यालयहरुलाई निर्देशन दिएको छ। एक महिनाको आवास बाहेकको अन्य सबै शुल्क मिनाह गर्न केन्द्रले विद्यालयहरुलाई निर्देशन दिएको हो।

केन्द्रले देशभरका सवै स्थानीय तहलाई परिपत्र गर्दै चैत महिनाभित्र शुल्क मिनाह गरेर प्रतिवेदन पेस गर्न ताकेता गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण चैत पहिलो सातादेखि नै मुलुकभरका विद्यालय बन्द छन्।

केन्द्रको निर्देशक गेहनाथ गौतमले स्थानीय तहअन्तर्गत शिक्षा शाखा र विभागलाई शुल्क मिनाह कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।
चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले पनि निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारका शुल्क छुट दिने निर्णय गरेको थियो।

प्याब्सन, एनप्याब्सन र हिसानसँग समन्वय गरेर शुल्क छुट गर्न निर्देशन दिइएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology