गोरखा २८, चैत । गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सासंद डा बाबुराम भट्टराईले पूर्व कोरोना महामारी नियन्त्रणका लागि राज्य र नागरिकबीचको सहकार्यको आवश्यकता रहेका औल्याउनु भएको छ ।
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष समेत रहनु भएका डा. भट्टराईले बिहिबार बिहान एक भिडियो सन्देश सार्वजनिक गर्दै राज्य र नागरिकबीचको सहकार्यले मात्र अहिलेको महामारीवाट पार पाउन सकिने बताउनु भएको हो ।
उहाँले तीन तहका सरकारबीच तालमेल मिलाउने र स्थानीय तहमा सर्वपक्षीय संयन्त्र निर्माण गरेर सहकार्य गर्नुपर्ने आवश्यकता समेत औंल्याउनु भयो । लकडाउनमा चिन्ता भन्दा चिन्तन गर्नुपर्ने उहाँकोे भनाई छ । तनाव मुक्त भएर सकारात्मक सोच राखे रोग प्रतिरोधी क्षमता बढने नेता भट्टराईको सुझाव छ ।
उहाँले विदेशवाट आएका नेपालीलाई २ हप्ता अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह पनि गर्नुभएको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री उपलब्ध गराउन र विपन्नकालागि राहत ब्यवस्था गर्न भट्टराईले सरकारको ध्यानाकर्षण पनि गराउनु भएको छ ।