Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

घरमै बसिरहेका कर्मचारीलाई सरकारले दियो १० बुँदे निर्देशन


1.5K
Shares

घरमै बसिरहेका कर्मचारीलाई सरकारले दियो १० बुँदे निर्देशन

काठमाडौं, २७, चैत । सरकारले लकडाउन घोषणा गरेपछि समयमा घरमै बसिरहेका सरकारी कर्मचारीलाई पनि कोरोना संक्रमण नियन्त्रणमा खट्न १० बुँदे निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै राष्ट्र सेवक कर्मचारीका नाममा निर्देशन दिएको हो ।

निर्देशनमा आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहन, टेलिफोन तथा इन्टरनेटसँग सम्बन्धित सूचना प्रविधिका साधनहरू प्रयोग गरी घरमै बसेर गर्न सकिने कार्यहरू कार्यालय प्रमुख तथा सुपरिवेक्षकसँग समन्वय गरी सम्पन्न गर्न निर्देशन दिइएको छ ।

कोभिड १९ बाट सुरक्षित रहने तथा आफ्नो परिवारका सदस्य र आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई नेपाल सरकारले दिएका निर्देशनको पूर्ण पालना गर्न सहयोग र सहजीकरण गर्न निर्देशन दिइएको छ ।

त्यस्तै आफू बसेको ठाउँ वरिपरि ‘लकडाउन सुरु भएको मितिपछि कोभिड १९ बाट प्रभावित ठाउँबाट आएका व्यक्ति अनावश्यक रूपमा घुमफिर गरेको पाइएमा तिनलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने र त्यसरी अनुरोध गर्दा पनि बाहिर हिंडडुल गरेको पाइएमा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउन भनिएको छ ।

यस्तै सरकारी निकाय तथा पालिकाबाट सञ्चालन गरिएका लगत सङ्कलन, राहत वितरण जस्ता कार्यमा सहयोग पुर्‍याउन, दैनिक उपभोगका वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएमा जानकारी गराउन, अनावश्यक रूपमा कुनै पनि व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गर्ने काममा लाग्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology