Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कोरोनाको उपचारमा खटिनुपर्ने बेला अस्पताल नआउने ५ जना चिकित्सक बर्खास्त


1.5K
Shares

कोरोनाको उपचारमा खटिनुपर्ने बेला अस्पताल नआउने ५ जना चिकित्सक बर्खास्त

कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, नाक कान, घाँटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा.प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो ।

उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology